यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५० कम्पनीहरुको कारोबार भयो ।
साताभर एक अर्ब २४ करोड १२ लाख रुपैयाँ बराबरका २४ लाख ३६ हजार कित्ता सेयरहरु खरिद-बिक्री भए । यो गत साताको तुलनामा करिब ६४ प्रतिशत बढी हो । गत साता १ सय ४३ कम्पनीहरुको ७५ करोड ८२ लाख रुपैयाँ बराबरका १५ लाख ८७ हजार कित्ता सेयरहरु खरिद-बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २७ अंक बढिले घटेर अन्तिम दिन १ हजार ४४ मा आइपुगेको छ । यस साता टेलिकम सूचीकृत अन्य समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च १ सय ३१ अंकले घट्यो भने जलविद्युत् समूहमा ५५ अंक बढीको, वाणिज्य बैंक समूहमा पनि करिब ३३ अंकको गिरावट आयो ।
यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम र कारोबार संख्याको आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई एभरेस्ट बैंक, साना किसान विकास बैंक, नबिल बैंक संस्थापक र एनआइसी एसिया बैंकले क्रमशः पच्छ्याउन पुगे ।
यस साता क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्था, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल ग्रमीण विकास बैंकको साधारण शेयर सूचीकृत भएको एक्सचेन्जले जनाएका छ । इमेजखबरमा समाचार छ ।