राम प्रसाद पराजुली
दोहा कतार । कतार नेपाली एकता समाज अन्तरगत पर्ने ग्राफा एरिया समिति गठन भएको छ यही २८ नोबेम्बर शनिबार -२०१५ का दिन कतार नेपाली एकता समाजका महिला बिभागको अध्यक्ष तथा कतार नेपाली एकता समाज केन्द्रिय सदस्य अमिना खानको प्रमुख आतिथ्यतामा र बुद्धिजीवी बिभागका अमिन खान को बिशेष उपस्थिति सगै महिला बिभागका सचिब तथा कतार नेपाली एकता समाज केन्द्रिय सल्लाहकार सन्जु सुन्दासको बिशेष पहलमा जेष्ठ नागरिक अन्जना तामाङको अध्यक्षतामा श्रमिक महिलाहरु बिच भेला बस्यो । उक्त भेलाले ९ जनाको ग्राफा एरिया समिती गठन गरेको छ ।
मन्जु लामाको संचालन सगै अन्जना तामाङको स्वागत मन्तब्य बाट सुरु भएको उक्त भेला मा ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौनधारण गरिएको थियो उक्त भेला ले कमला गुरुङको अध्यक्षतामा ७ पूर्ण २ सल्लाहकार गरी ९ सदस्यीय एरिया समिति गठन गरेको छ जसमा उपाध्यक्ष अन्जना तामाङ , सचिब मन्जु लामा, कोषाध्यक्ष संगीता सुनुवार, ,सदस्यहरु – शर्मिला राई,कमला लिम्बु र रन्जना मगर रहनु भएको छ भने , सलाहकार- सुश्मा पुन मगर र सन्चमाया घलन चयन गरेको छ ।
उक्त भेलामा केन्द्रीय सल्लाहकार राम प्रसाद पराजुली र अलखोर एरिया समितिका उपाध्यक्ष धुर्ब केसीले पनि भेला सफलताको शुभकामना दिनु भएको थियो ।