नेपाल माथि भारतले गरेको नाकाबन्दी विरुद्द राजधानी दिल्लीमा बिरोध सभा हुने

बाबु रोका मगर 
भारत ।  भारतीय हस्तक्षेप तथा नाकाबन्दीको बिरोध गरौ, राष्ट्रियताको रक्षा गरौ भन्ने मूल नारा सहित भारतमा कार्यरत नेपालीहरुको सामाजिक संगठन नेपाली एकता मंच, अखिल भारत नेपाली एकता मंच, मूल प्रवाह अखिल भारत एकता समाज, र प्रवासी नेपाली संघ को संयुक्त आयोजनामा भारतद्दारा गत तिन महिना देखि नेपाल माथि लगाएको अघोषित नाकाबन्दी एवं हस्तक्षेप बिरुद्द यहि दिसम्बर ६ आइतवार दिउसो एक बजे भारतको राजधानी दिल्ली स्थित जन्तरमन्तरमा बृहत बिरोध सभा हुने भएको छ ।
  क्त बिरोध सभाको कार्यक्रममा नेपाली देशभक्त युवा समाज दिल्ली एन सि आर समितिको पनि अहम भूमिका रहने छ । 
नेपालको संबिधानले राजतन्त्रको अन्त्य गरि गणतन्त्रलाइ संस्थागत गर्नु धर्म निरपेक्षता र समाबेशितालाई स्वीकार गरिनु यसका ऐतिहासिक उपलब्धिहरु हुन् । 
नेपाली जनताले आफ्नै बलबुतामा संबिधान जारि गरेपछि छिमेकी देश भारतले नेपालको सिमावर्ती जिल्लाहरुमा उठेका केहि असन्तुष्टिहरुबाट नाकाबन्दी गरि फाइदा उठाउदै नेपालको आन्तरिक मामिलामा सिधा हस्तक्षेप गरि जनतामा भ्रम उत्पन्न गरि मधेसवादी आन्दोलनलाई अराजकताको दिशा तिर उन्मुख गराएको छ । 
उक्त बिरोध सभाको कार्यक्रममा सहभागी हुन विभिन्न संघ संस्था, मानव अधिकारवादी, न्यायप्रेमी देशभक्त युवा समुदाय, पत्रकार, विधार्थी, बुद्दिजिवि तथा भारतमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरुलाई सक्रिय सहभागिताको लागि हार्दिक अपिल गरिएको छ ।