यूएईले आज ४४ औ राष्ट्रिय दिवस मनाउदै (फोटो फिचर)

उमाकान्त पाण्डे

यूएई  । संयुत्त अरब एमिरेट्स यूएईले आज ४४ औ राष्ट्रिय दिवस मनाउदै छ । सन् १९७१ डिसेम्बर २ मा ब्रिटिष्ट साम्राज्यबाट स्वतन्त्र भई यूएईका अरु भिन्नभिन्न ७ राज्य मिलेर संम्युत अरब एमिरेट्स यूएईको निर्माण भएको थियो । त्यतीबेला हालको रसअलखेमा राज्य भने यूएईमा गाभिएको थिएन । रसअलखेमा एक बर्ष पछि मात्र यूएईमा समाहित भएको हो । दुबई, आबुधाबी , सारजाह , अजमान , रसअलखेमा , उम्मलक्विन र फुजेराह गरी सात वटा राज्य मिलेर संयुत्त अरब एमिरेट्स यूएई बनेको हो ।


यूएईको राष्ट्रिय दिवसको अवसरमा देश पुरै सिंगारिएको छ । यहाँका गगनचुम्नी भवनहरु झकीझकाउ देखिन्छन । यहाँको राष्ट्रिय झन्डा प्राय सबैठाउमा फरफराएका छन । रङगीचङ्गी बिजुलीबत्ती र सजावटले यहाँका मुख्य सडक बेहुलीझै जवानी भरेका छन । 


सडक मात्र होइन , सडकमा गुड्ने सवारी साधन देखी छेउछाउमा रहेका खजुरका बोटहरुमा समेत बिजुलीबत्ती बालेर प्रदशन गरिएको छ । 


बिधालयमा लामो बिदा दिईएकाले बिद्यार्थीहरु गालामा राष्ट्रियता झल्किने चिन्ह पोतेर हिंडेको देखिन्छ । यहाँका सरकारी कार्यालय झन्डै एक सातालाई बन्द गरिएको छ भने निजी क्षेत्रले भने दुईदिने बिदा दिएका छन । ठाउँठाउमा अतिसवाजी र एयर शो गरिदै छ । 


बिभिन्न पेशा व्यवसायका लागि यूएईमा रहेका नेपालीहरुले भने सार्वजनिक विदाको अवसर पारेर साथीभाइ भेटघाट तथा बनभोज लगयातका कार्यक्रम गरेर मनाउदै छन । यूएईमा यहाँको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली द्वारा सन्चालित दुई अलग अलग ब्यवसायको उद्घघाटन गरिदै छ । 

यूएईको अलएेनमा बुटवलकी अन्जली भट्टराईको लगानीमा वल्ड गेटवे टुर एन्ड ट्राभल तथा दुबईमा सकृय तीन युवाहरु त्रिलोचन कोइराला , दामोदर दाहाल , र श्याम बस्यालको लगानीमा सगरमाथा सेक्युरिटी डिभाइस इक्युपमेन्ट ट्रेडिङ कम्पनीको उद्दघाटन गरिदै छ ।