बुटवलको फूलबारी नजिकै ट्रकले दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको फूलबारी नजिकै आज साँझ ट्रकले दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।
साँझ ६ बजे बुटवलबाट पश्चिततर्फ जाँदै गरेको ना ३ ख ३२२ नंको ट्रकले विपरीत दिशाबाट आएका लु७प ४५६१ र लु११प ५०७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मृतक दुवैको सनाखत हुन सकेको छैन । उनीहरुमध्ये एकको घटनास्थलमै र एकको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जनाएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रुपन्देहीका गङ्गा सुवेदीकोे अञ्चल अस्पताल बुटवलमा उपचार भइरहकोे छ ।
यसअघि आजै दिउँसो सोही ठाउँ नजिक बुटवलबाट पश्चिम जाँदै गरेको लु१ख ८३१ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु३प ४५८० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी रुचाड-२ का रनसिंह ठाडाको मृत्यु भएको थियो । रासस

अन्य समाचारहरु