उमाकान्त पाण्डे /यूएई , मसिर २० – मितेरी समाजले अलएेनमा रहेका यहाँ कार्यरत नेपाली कलाकारलाई सगंठित गर्ने भएको छ । समाजले कलाकार राष्ट्रको गहना भएकाले परदेशमा पनि उत्तिकै महत्व र स्थान हुनु पर्ने भन्दै हकहित र कला प्रबर्दनका लागि भन्दै समाजकै मातहतमा रहनेगरि मितेरी कलाकार संघ निर्माण गरेको छ ।
समाजको स्थापना कालदेखी सकृय भूमिका निभाउदै आएका कलाकारद्वय प्रदीप पुन मगर र रोशना गुरुङको संयोजकत्वमा मितेरी कलाकार संघ गठन गरिएको समाजका सम्रक्षक प्रेम रिजालले जानकारी दिनुभयो । समाजमा आबद्द यूएईमा रहेका प्रतिभावान कलाकारलाई स्थापित गराउन र अवसरका ढोका खोल्नका लागि २१ सदस्यिय संघको निर्माण गरिएको हो ।
संघका अन्य सदस्यमा फूल कुमारी तामांग,लक्ष्मी चन्द ,भोम बहादुर गुरुङ,निरु गोले,लीला घर्ति,तारा थापा,सुष्मा तामांग रहनु भएको छ । त्यस्तै रजनी मगर,बिनु तामांग,शान्ति तामांग,सोनी तामांग,लक्ष्मी खत्री,सन्तोष बि.क.,दीपक दराई,लोक नेपाली,निमा लामा,लक्षमण बिसी,माया गुरुङ र ईश्वर गुरुङ हुनुहुन्छ ।