उमाकान्त पाण्डे / यूएई , मसिर १९ – एमालेको बिदेश स्थित प्रवासी नेपाली मन्च यूएईको आबुधाबी क्षेत्रमा नयाँ नेत्रित्व निर्वाचित भएको छ । क्षेत्रीय कमिटीको शुक्रवार सम्पन्न अधिबेशनले आगामी कार्यकालका लागि तिर्थराज भट्टराई को नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।
नयाँ कार्य समितिको उपाध्यक्ष पशुपति महतो,सचिब चन्द्र किरण थापा,उपसचिब पुण्य प्रसाद शर्मा ,कोषाध्यक्ष गोविन्द दाहाल रहनु भएको छ । त्यस्तै समितिको सदस्यमा संजु बिस्वकर्मा,होम राज भण्डारी,ज्ञान प्रसाद शर्मा,सुवास खत्री,सन्तोष तामांग र पुरषोत्तम सापकोटा हुनुहुन्छ ।
अधिवेशनले क्षेत्रिय समितिका निवर्तमान अध्यक्ष भक्त बहादुर तामाङलाई सल्लाहकार परिषद अध्यक्षमा चुनेको छ ।
प्रवासी मन्च यूएईका केन्द्रिय महासचिव उत्तम अधिकारीको प्रमुख आतिथ्यता तथा प्रशिक्षण बिभाग प्रमुख श्याम पाठक ,सल्लाहकार परिषद अध्यक्ष श्याम कंडेल , तथा सचिव भेसराज ढकालको उपस्थितीमा भएको अधिवेशनमा मन्चका कार्यकर्तालाई प्रशिक्षण समेत दिइएको थियो ।
मंचको चौथो महाधिवेशन २०१६ को जनवरी १५ मा हुने भएकोले यसै महिना भित्रमा यूएईमा रहेका सम्पूर्ण क्षेत्रीय समितिहरुको अधिवेशन गरिसक्नु पर्ने छ ।