नन्दु घिमिरे/हरि रोका मगर
दिल्ली । भारतले बिगत तिन महिना देखि नेपालमा लगाएको नाकाबन्दी तथा हस्तक्षेप बिरुद्द भारतकै राजधानी दिल्लीमा देशप्रेमी नेपालीहरुको ठुलो संखयामा बृहत बिरोध प्रदशर्न भएको छ ।
भारतले नाकाबन्दी गरेपछि नेपालमा भएका समस्याले आक्रोशित प्रवासी नेपाली जनताहरुले नाकाबन्दी हटाउन माग गरेका प्रदशर्नको स्वीकृतिलाइ भारतीय प्रशासनले शनिवार खारेज गरेको थियो ।
सभामा चार दलका नेताहरु लगायत भारतीय कम्युनिष्ठ पार्टीका केहि नेताहरुले आ- आफ्ना मन्तब्य राखेका थिए भने बिरोध सभालाई सफल पार्न नेपालीहरुको ठुलो उपस्थिति रहेको थियो | बिरोध सभामा भारत लाइ असर पार्ने तरिकाले कुनै गालि गलैच तथा नकारात्मक कुराहरु गरिएको थिएन । आजको बिरोध प्रदशर्नले नेपालको लागि सकारात्मक बाटो लिएको र नाकाबन्दी छिट्टै खोलिने नेताहरुको भनाइ छ ।
अर्को तर्फ दिल्ली मै नेपाली राजदुतावासमा केहि मधेसी समर्थक जनताहरुले आफ्नो हक अधिकार पुरा नभएको र ति अधुरा माग पुरा गर्न सरकारलाइ जोड दिदै नेपाल सरकार, प्रधान मन्त्रि के पी ओली र प्रचण्ड को बिरोध गरि धर्ना गरेका ।