यूएईमा रहेकी बुनु उप्रेतीको कस्तो माया तिम्रोको म्युजिक भिडियो सार्वजनिक
मंसिर २१ गते, २०७२ मा प्रकाशित
उमाकान्त पाण्डे । यूएई , मंसिर २०– यूएईमा रहनु भएकी उदयमान गायिका बुनु उप्रेतीको आधुनिक गीत कस्तो माया रैछ तिम्रोको म्युजिक भिडियो सार्वजनिक भएको छ ।बैदेशिक रोजगारका क्रममा दुबईमा रहेका श्रीमान सँगै रहदै आउनु भएकी उप्रेतीले आफ्नै शब्दलाई आफ्नै स्वरमा सजाउनु भएको छ ।
यूएईमा हुने बिभिन्न सास्कृतिक कार्यक्रममा सहभागीता जनाउदै आउनु भएकी उप्रेती एक अन्लाईन रेडियोमा धार्मिक कार्यक्रम प्रस्तोताको रुपमा समेत आबद्द हुनुहुन्छ ।
गीतका शब्द गायिका उप्रेतिकै हुन भने संगीत टिका भण्डारीको हो । पत्रकार लालबहादुर ढेगाले निर्देशन गरेको सो म्युजिक भिडियोको छायाकंन शेखर चापागाईले गर्नु भएको छ भने सम्पादन विश्वाश भण्डारीले गर्नुभएको हो ।
यो गीतको म्युजिक भिडियो प्रवासी अन्लाईन मार्फत बजारमा ल्याईएको हो ।