सोमबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।
यसदिन पनि बजार परिसुचक नेप्से उचार-चढावबीच ५ अंकले धनात्मक रहेर ११ सय ७ मा थामियो ।
कारोबार सुरु भएदेखि उच्चदरले उकालो लागेर ११ सय २० पुगिसकेको नेप्से आधा घन्टापछि शिथिल भएको हो । अन्य र होटल बाहेक अरु कारोबार भएका सबै समूह हरियो रहेसंगै नेप्सेमा सधुार आएको हो ।
बीमा समूहमा सबैभन्दा उच्च ३० अंकले बृद्धि भयो । विकास बैंक, वाणिज्य बैंक, वित्त र जलविद्युत् समूह सामान्य अंकले बढेका हुन् । यसदिन कारोबार परिमाण पनि औसत दिनका तुलनामा उच्च रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २१ कम्पनीको ५ लाख ७६ हजार बराबर कित्ता शेयर ३८ करोड ८७ लाख बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – इमेजखबरमा समाचार छ ।