– उमाकान्त गाउंले /अखाँटा – संम्युत्त अरब एमिरेट्स यूएईको रसअलखेमामा अर्घाखाँची बासीको भेला सम्पन्न भएको छ । रोजगारी तथा बिभिन्न पेशा ब्यवसायमा आबद्द रही रसअलखेमामा क्षेत्रमा रहेका अर्घेलीहरुलाई सगंठित गर्न भेला सम्पन्न गरिएको हो । भेलाले अर्घाखाँची संपर्क समिति यूएईको रसअलखेमा क्षेत्रिय समिति गठन गरेको छ । यहाँ कार्यरत सम्पूर्ण अर्घाखाँची बासीको चौतारीको रुपमा रहेको अर्घाखाँची सम्पर्क समिति यूएईले इमिरेट्सका सबै राज्यमा आफ्नो क्षेत्रिय समिति विस्तार गर्ने क्रममा रसअलखेमामा भेला गरी समिति गठन गरेको हो।
डिसेम्बर २ तारिख शुक्रबार भएको भेलाले ९ सदस्यीय क्षेत्रिय समिति बनाएको हो । तामलाल पाण्डेको अध्यक्षता गठित समितिको उपाध्यक्ष गुन्ज बस्नेत, सचिवमा गोपाल घर्तिमगर, कोषाध्यक्षमा भुबनप्रसाद गैरे, सल्लाहकारमा मुमलाल पाण्डे हुनुहुन्छ भने सदस्यहरुमा सम्झना पाण्डे, दिपक भण्डारी, दामोदर खनाल, जगन्नाथ पौडेल, राजु आचार्य, निलम पुन रहेको समितिका केन्द्रिय अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
अर्घाखाँची जिल्लाबाट रसअलखेमा क्षेत्रमा रहेका सामाजिक भावना भएका नेपालीहहरुबीच एकता र सहयोगको भावनाले क्षेत्रीय समिति गठन गरेको समितिका महासचिव चिरनकेसीले बताउनु भयो ।
अर्घेलीको सो भेलामा जनप्रगतीशिल मञ्चका रसअलखेमा क्षेत्रिय अध्यक्ष जनार्दन सुवेदी,एनआरएन क्षेत्रिय अध्यक्ष राजेन्द्र रास्योरा तथा समाजसेवीहरु सन्तोष पौडेल, जय कार्की लगायत अन्यसंघसस्थाका प्रतिनिधिको आतिथ्यता थियो ।
अर्घाखाँची सम्पर्क समितिका केन्द्रिय अध्यक्ष राजु खड्का , कोषाध्यक्ष बिष्णु खनाल , केन्द्रिय सदस्य सूर्य खत्री लगायत अर्घाखाँचीबासीहरुको बाक्लो उपस्थिति थियो । सो कार्यक्रममा उपस्थित अतिथि तथा केन्द्रिय र क्षेत्रीय स्तरका पदाधिकारीहरुले मन्तब्य राख्दै शुभकामना तथा बधाई दिएको कार्यक्रमको सन्चालन केन्द्रिय महासचिव चिरन केसीले गर्नुभएको थियो ।
गठित समितिका अध्यक्ष पाण्डेले जील्लाबासीहरुले दिएको कार्यभार पुरा गर्ने प्रतीबद्दता ब्यत्त गर्नुभएको थियो ।