हामी मर्छौ तर नाकाबन्दी खोल्दैनौ मधेसी नेताहरुको अडिक

नन्दु घिमिरे/ हरि रोका मगर 
दिल्ली स्थित मधेसी नेताहरु भ्रमणको क्रममा JNU का बिधार्थीहरु संग राखिएको अन्तरक्रिया कार्यक्रममा जबसम्म मधेसीको माग पुरा हुदैन तव सम्म नाकाबन्दी खोलिने छैन चार जना मधेसी नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुर र प्रशान्त झा ले बताएका छन् । 


केहि मधेसी बिधार्थी हरुले सरकार संग सम्झौता भएको २२ बुदे माग जसरि भएपनि ल्याउनु पर्ने दवाव दिदै आन्दोलनमा पनि तपाइहरु चारै जना नेताको उपस्थिति हुनु पर्छ, मधेसमा आन्दोलन चर्काएर आफुहरु दिल्ली भ्रमण किन आएको ? आन्दोलनमा एक दिन गएर फोटो खिचाएर मात्र हुदैन हामि मर्न तयार छौ भने तपाइहरु पनि मर्न सक्नु पर्छ मधेस आन्दोलनको लागि । 
नेताहरुले भने हामि भ्रमण गर्न आएका होइनौ जो अन्य दलका नेताहरु आएर हाम्रो वारेमा गलत कुराहरु भारत संग गरेका थिए वास्तविक सत्य तथ्य बुझाउन दिल्ली आएका हौ भन्दै आन्दोलनमा दिल्लीमा भएका विधार्थीहरु पनि यो आन्दोलनमा आउनु पर्छ भनेका छन् ।      
कार्यक्रममा प्रोफेसर एस डि मुनि ले मधेसी नेताहरुलाई यस्तो प्रश्न गरे यदि नेपाल सरकारले मधेसीलाई मेटाउन मिल्ट्री फोर्स लगायो त्यहि माथि भारतले पनि साथ नदिए के गर्ने ? भन्ने प्रश्नमा उपेन्द्र यादबले भने सबै गुमाउन सक्छौ तर आत्मा समर्पण गर्ने छैनौ लडाई झन् तिब्र हुनेछ हिंसात्मक आन्दोलन गरेर भए पनि मधेसी संग गरेको सम्झौता सरकार संग लडेर लिने किटानी गरे यसैमा थप्दै यो लडाई हाम्रो आन्तरिक लडाई हो यसमा भारतको कुनै हात नभएको बताएका छन्। 
सो कार्यक्रममा अन्य विपक्ष पार्टीका सदस्य,मधेसी बिधार्थी तथा मधेसी लोकतान्त्रिक पार्टी कि श्रीमती चौधरी लगायत पत्रकारहरु ऋषि धमाला ऋषि अधिकारी र बाबु रोका मगर को पनि उपस्थिति रहेको थियो ।