उमाकान्त पाण्डे
यूएई । यूएईमा रहेका शुदुरपस्चिमेलीले माघेसक्रान्तीको अवसर पारेर माघीत्यार मनाउने भएका छन । गत शुक्रबार फिष्टेल ट्राभल्स एन्ड टुरिज़ममा संस्थाका कार्यबहाक अध्यक्ष चेतन थापाको अधक्ष्यतामा सम्पन बैठकले नेपालबाट चर्चित कलाकारको बिशेष उपस्तिथी र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रमलाई भब्यताका साथ सफल पार्नका लागि बिभिन्न जिम्मेबारी समेत बाँडफाँट गरेको सुदुरपस्चिम सेवा समाजले जनाएको छ ।
कार्यक्रममा देउडा महानायक नंदकृष्ण जोशी तथा बरिष्ट गायिका चादनी मल्ल आउने हुनुभएको छ ।
समाजले आफ्नो पहिलो वार्षिक उत्सब माघे संक्रान्तिको अबसर पारेर यहि आउदो १५ जनवरी २०१६ शुक्रबारका दिन बरदुबईको स्विट इम्पेरियल होटेलमा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाउने भएको हो ।
बैठकमा भएको निर्णय अनुसार हल बुकिङ, अतिथी कलाकार बोलाउने तथा पोस्टर व्यवस्थापनको जिम्मेबारी संस्थाका महासचिब तथा देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’लाई दिइएको र उहाले सो जिम्मेवारी पुरा गरिसकेको बताउनु भयो ।
नेपालबाट आउने अतिथि कलाकारहरुको भिसा, टिकट व्यवस्थापनको जिम्मेबारी चेतन थापा र लोकेन्द्र बमलाई दिइएको छ, भने सांस्कृतिक र स्टेज व्यवस्थापनको जिम्मेबारी लक्ष्मण अधिकारी, टिकेश्वरी भण्डारी बोगटी, मनोज भट्ट, मोहन सिंह ठकुराठी र मान बहादुर के.शी. ‘मुस्कान’लाई दिइएको छ ।
यातायात र आर्थिक व्यवस्थापनको जिम्मेबारी शिबराज जैशी, जयराज जोशी, भिम बहादुर सिंह, दिलु नगारी र डम्बरराज जोशीलाई दिइएको छ ।
प्रचार प्रसारको जिम्मेबारी मान बहादुर के.सी. ‘मुस्कान’, देब कुवर, भरत चन्द, दान बहादुर चन्द, कृष्णानन्द जोशी र बिक्रम बहादुर सिंहले पाएका छन् । त्यस्तै स्वयंसेवक व्यवस्थापनमा धन खड्का, केशब गिरी, डम्बर सबखोली, जय बि.क., काशी सिंह बिष्ट, धनीराम भण्डारी र रमेश धामीलाई दिइएको समाजका जयराज जोशीले जानकारी दिनुभयो ।