नेपाली देशभक्त युवा समाज दिल्ली NCR द्दारा एक नेपाली महिलाको उद्दार

नन्दु घिमिरे/ हरि रोका मगर 
दिल्ली- गुल्मी जिल्ला दोहली गाबिस वार्ड नम्बर १ घर भइ हाल नाथुपुर गुडगाव हरियाणा मा बस्दै आएकी ३० बर्षीय श्रीमती ऋतु जिसीलाइ नेपाली सामाजिक संस्था नेपाली देशभक्त युवा समाज दिल्ली एन सी आरले उद्दार गरेको छ । 


ऋतु गत दुइ बर्ष देखि आफ्नो १८ महिनाको एक बच्चा सहित श्रीमान संग बस्दै आएकी थिइन भने उनि अहिले ६ महिनाको गर्भवती छिन यस्तो अबस्थामा पनि उनको श्रीमान ३४ बर्षीय राम बहादुर जिसीले यौन सम्बन्ध राखे पछि महिलाई पिडा भएर प्रतिकार गर्दा पनि जबर्जस्ति सम्बन्ध राख्दा महिलाको शरिर बाट धेरै रगत बग्न थालेपछि महिलाले राम बहादुरलाई सम्झाउदै यस्तो पीडाको भएको अबस्थामा यो ब्यबहार कदापि  राम्रो होइन यदि भोलिको दिनमा मेरो र पेटमा रहेको बच्चाको अबस्था बिग्रियो भने पुलिस संग रिपोर्ट गरिदिन्छु ऋतुले यति भने पछि सोहि दिन १३ नोबेम्बर २०१५ को दिन रामबहादुर चुपचाप दिउसो घर बाट निस्किएका थिए २५ दिन बिति सक्दा पनि कोठामा नफर्की सम्पर्क बिहिन भएपछी ऋतुले रामबहादुरको खोज तलाशाको लागि २२ नोबेम्बर २०१५ मा नेपाली देशभक्त युवा समाजका प्रतिनिधिहरु बाबु रोका मगर र बाबुराम बन्जाडे संग निवेदन गरिन |
उक्त निवेदन प्राप्त भइसके पछि संस्थाका प्रतिनिधिले गुडगाव पुलिस थानामा केस दर्ता गराई रामबहादुरको खोजि कार्य सुरु गरियो अहिले सम्म रामबहादुरको कुनै अत्तोपत्तो नलागेपछि श्रीमती ऋतुलाइ आर्थिक अभावको कारण इन्डियामा बस्न नसक्ने अबस्था भएपछी नेपाल आफ्नो माइतिघर सम्म पुर्याइदिनको लागि संस्थाका प्रतिनिधिहरु संग आग्रह गरिन | प्रदेशको ठाउ श्रीमान लापता साथमा एउटा छोरा त्यहिमाथि ६ महिनाको गर्भ ऋतु ओठ सुकाउदै आँखाबाट आँसु बर्बरी झार्दै आफ्नो पिडा यसरि सुनाइन |


भन्छिन कसैलाई धेरै बिश्वास गरेर ठुलो गल्ति गरेछु | हाम्रो स्कुले जीवन देखिनै (लप) मायाप्रेम चलेको थियो तर हाम्रो बाउआमाले हामि दुवैजनालाई एक हुन दिएनन हामि दुबैजनाको अर्कै संग बिहे भयो पहिलो बिहे बाट दुबैजनाको एक एक जना बच्चा रहेको तरपनि उनीहरुको माया भने झन् गाढा हुदै गएको बताउछिन | ऋतुले पहिलेको श्रीमान संग सम्बन्ध बिच्छेत गरेर रामबहादुर संग दोश्रो बिहे गरिन रामबहादुरले पनि घरमा श्रीमती र बच्चा हुदाहुदै ऋतु संग दोश्रो बिहे गरे त्यहि गल्तिले आज यो अबस्था झेल्नु परेको रुदै बताउछिन |
उनको यस्तो अबस्था देखेपछि संस्थाका प्रतिनिधिहरुले दुइमहिनाको घर भाडा र रासन लिएको दुकानको हिसाबकिताव मिलाई उनलाई बाबुलालको नेतृत्वमा बुद्द एड्वेन्चर टुर एण्ड ट्राभल्स संग घटनाको जानकारी गराएपछि उक्त ट्राभल्सले बुटवल सम्म निशूल्क पुर्याइदिने सहमति जनाउदै सबै नेपालीहरुले आफुसक्दो आर्थिक सहयोग संकलन गरि आइतबार बिहान नेपाल पठाइएको छ |
केटाको घरबाट बाआमाले महिलाई लाइ दवाव दिदै हाम्रो छोरो जिउदो या मरेको चाहिन्छ भन्ने कुरो राखेका छन् तर आफुहरु भने छोरो खोज्ने कुनै चासो नदेखाएको जानकारी संस्थाका प्रतिनिधिहरुले बताउनु भएको छ पुलिसको भनाइ अनुसार रामबहादुर जिउदै छ उ लुकेर बसेको अनुमान गरेकोछ | रामबहादुर हराउनुमा र भोलिको दिनमा केहि कुछ भएमा ऋतुको कुनै जिम्मेवार नभएको राम बहादुर स्वयम् यसको जिम्मेवार हुनेछन भन्दै नेपाली देशभक्त युवा समाज दिल्ली एन सी आर को सामाजिक संस्था र गुडगाव पुलिसले जिल्ला प्रशासन कार्यालय प्रमुख गुल्मी लाइ एउटा पत्र लेखेर ऋतु संगै पठाएको छ | ऋतुले आफु बुधवार साँझ सकुसल घर पुगिसकेको फोन मार्फत जानकारी गराएकी छिन |
हराएका रामबहादुर जिसीलाई फेला पार्नुहुने महानुभावले दिएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ | 
+९७७-९८२१९६२६८१, +९१ ९८७१४८५८३६,९५६०१२२२७५ 
रामबहादुर जिसीको फाइल फोटो