कोसी राजमार्गअन्तर्गत् धनकुटाको मुलघाटनजिकै चेङचेङबारीमा शनिबार माइक्रोबस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
तेह्रथुमको म्याङ्लुङबाट धरान गइरहेको बा.२ख ९९६३ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाले जनाएको छ ।
माइक्रोमा यात्रा गरिरहेका १३ जनाको भने सकुशल उद्दार गरिएको छ । इमेजखबरमा समाचार छ ।