तराईमा एक्कासि बढेको चिसोका कारण सप्तरीको मल्हनिया गाविसमा आज गाविस-५ निवासी ६५ वर्षीय रामसुन्दर चौधरीको कठ्ययाङ्ग्रिएर मृत्यु भएको छ।
गए राति एक्कासि बढेको चिसोका कारण सिकिस्त बिरामी परेका चौधरीलाई उपचारका लागि लहानस्थित नर्सिङ होममा राखिए पनि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। दुई दिनदेखि तराईका जिल्लामा एक्कासि बढेको चिसोका कारण जनजीवन निकै प्रभावित भएको छ। रासस