पेट्रोलियम पदार्थको मूल्य थप घट्ने

पेट्रोलियम पदार्थको माग विश्व बजारमा कम भएको भन्दै इन्टरनेसनल इनर्जी एजेन्सी (ओईईए) यसको मूल्यमा थपप गिरावट हुनसक्ने जनाएको छ। अमेरिकी मूल्य मापदण्ड दर प्रति ब्यारेलमा शुक्रबार २१ सेन्टले कमीआई प्रति ब्यारेल ३६.५५ अमेरिकी डलरमा कारोबार भएको बताइएको छ । 
 
यो मूल्य यस पहिले सन् २००९ मा देखिएको मन्दीका कारण विश्व अर्थतन्त्रमा परेको सङ्कटका कारण पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटपछि कै सबैभन्दा कमी हो। आईईएको मासिक रिपोर्ट अनुसार पेट्रोलियम पदार्थको मागअनुसार अर्को वर्षसम्ममा यस वर्षको प्रतिदिन १.८ मिलियन ब्यारेल अमेरिकी डलरबाट १.२ मिलियन ब्यारेलमा पुग्नेछ । 
 
पेट्रोलियम पदार्थ उत्पादन मागको तुलनामा वृद्धि भएका कारण मूल्यमा थप कमी भएको बताइएको छ।खासगरी पेट्रोलियम पदार्थ आपूर्ति गर्ने मुलुकका कारण नै मूल्यमा गिरावट देखिएको हो। प्रमुख पेट्रोलियम पदार्थ उत्पादन गर्ने सदस्य राष्ट्रहरु इरान तथा इराकले आफ्नो देशमा भएका द्वन्द्वका कारण परेको अर्थतन्त्र उकास्न उत्पादनमा गरेको वृद्धिको असर मूल्य निर्धारणमा परेको जनाइएको छ । 
 
पेट्रोलियम पदार्थको अत्यधिक आपूर्तिका लागि उत्पादक मुलुकले मूल्यमा पुनः वर्तमान अवस्थामा ल्याउन आगामी वर्ष भरी सङ्घर्ष गर्नुपर्ने आईईए को प्रतिवेदनमा बताइएको छ।रासस/एपी