मुम्बईमा नाकाबन्दी तथा भारतीय हस्तक्षेप विरुद्ध जुटे नेपाली

धनवीर पुन, मगर
मुम्बई । ‘भारतीय हस्तक्षेप तथा नाकाबंदी को बिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ भन्ने मूल नाराका अन्तर्गत भारतको आर्थिक शहर मुम्बईमा नेपालीहरुले वृहत कार्यक्रम सम्पन्न पारेका छन् । १३ दिसंबर २०१५का दिन अंधेरीस्थित मारुती हाईस्कुलमा संयुक्त बिरोध कार्यक्रम सपन्न भएको हो ।


कार्यक्रम सहभागिता र ऐक्यबध्यता जनाउदै समस्त संध संस्था का प्रतिनिधीहरुले भारतले नेपाल माथीको गरेको हस्तक्षेपको बिरोध गरेका थिए । वक्ताहरुले अबिलंब नाकाबंदी हटाउनु पर्ने माग सहित संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै महाराष्ट्रका मुख्यमंञीलाई ज्ञापन बुझाऊने कार्यक्रम रहेको बताए ।
कार्यक्रममा अभानेए मञ्चका केन्द्रीय अध्यक्ष ईश्वरी भण्डारी, प्रवासी नेपाली संघ भारतकाका महासचिव डंबर रावल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव इन्द्र भैटाल र अन्य विभिन्न स्रंघ संस्थाका बिष्णु गिरी, मोहन देवकर, एसपी महत, चन्द्र सुवेदी, ओम डल्लाकोटी, राजेन्द्र थलारी, सुरेस मयालती, रतन देवकर, नयन दास, नरेन्द्र ओली लगायतले कार्यक्रममा मन्तव्य दिएका थिए ।
प्रवाशी नेपाली संघका थानेश्वर भटृराईले सञ्चालन र मूल प्रवाह अभानेएसका अनन्त राहाडीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो विरोध कार्यक्रमको अध्यक्षता अखिल भारत नेपाली एकता मंच का केन्द्रीय सचिव सुरेन्द्र देवकरले गर्नु भएको थियो ।