शेयर बजारमा गिरावट आउनेक्रम जारी

साताको अन्तिम दिन विहीबार पनि शेयर बजारमा गिरावट आउनेक्रम जारी रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से साढे ५ अंकले झरेर ११ सय १० मा आइपुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से झरेको हो ।
बीमा, जलविद्युत्, वित्त र वाणिज्य बैंक समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १ सय १० अंकको गिरावट आयो । जलविद्युत् समूहमा दोहोरो अंकको कमी आयो भने अरु समूह सामान्य अंकले घटेका हुन् ।
होटल र विकास बैंक समूहमा भने सुधार आयो । होटल समूहमा ६७ अंकको उच्च बृद्धि आएको हो । कारोबार परिमाण भने यस दिन पनि उच्च नै रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २३ कम्पनीको ५ लाख १८ हजार कित्ता शेयर ४२ करोड ५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – इमेजखबरमा समाचार छ।