धनवीर पुन मगर
रोहतक । रोहतकमा नेपाली केटीलाई गैंगरेप पश्चात हत्या गर्ने नौ आरोपिहरु मध्य सातलाई फांसी हुने भएको छ । एक दोषी नाबालिग संतोष जो नेपाली नागरिक हुन्लाई आजिवन कैदको लागि फैसला भएको छ । नौवौं आरोपी मध्यका एक सोमवीरले दिल्लीको बबानामा विष सेवन गरी पहिले नै आत्माहत्या गरि सकेका छन् । जज सीमा सिंघल रहेको फास्टट्रेक कोर्टले १० महीना भित्रमा उनीहरुलाई फांसीको सजाको फैसला गरेकी हुन् ।
जानकारीको अनुसार राजापुर नगरपालिका १०, टेडिया बर्दिया निवासी २८ वर्षीय सरिता (फेरिएको नाम) रोहतकस्थित चिन्योट कलोनीमा दिदी जानकी विकसग तिन महिनादेखि बस्दै आएकी थिइन् । मन्द बुद्धिकी उनी ३ महिना पहिला उपचारका लागि रोहतक गएकी थिइन् । उनको रोहतकस्थित पिजीआई हस्पीटलमा उपचार चलिरहेको थियो । उपाचारमा रहेकी उनी, अकस्मात १ फेब्रुअरीका दिन लापता भएकी थिइन् । लामो खोजतलासपछि उनको शव ४ फेब्रुअरीका दिन फेला परेको थियो । रोहतक