बाबु रोका मगर
एमाओवादी निकट संगठन अखिल भारत नेपाली एकता मंच भारत को केन्द्रिय योजना अनुसार “प्रवासी नेपाली जनता को अधिकार -शिक्षा स्वास्थ्य -स्वदेशमै रोजगार” को नारा लाई आत्मसाथ गर्दै उक्त योजनालाई प्रवासी नेपालीहरुको घर घर मा पुग्ने सिलसिलामा यही दिनांक 24 -12-2015दिन भारत को राजधानी नजीक पर्ने गुड़गाउ हरियाणा स्थित अखिल भारत नेपाली एकता मंच का केन्दीय सदस्य आर बी खड्का को पहल र गुड़गाउ का एकता मंच का साथीहरुको बिशेष सहयोगमा अन्य संगठन बाट सीता नेपाली ,गोमा आले मगर, बबिता भट्टराई थापा, निशा बीके ,पबित्रा खनाल लगायत लगभग असि जना महिलाहरु अखिल भारत नेपाली एकता मंच मा प्रबेश गरेका छन् !
प्रबेश गर्ने महिलाको भनाई महिला दिदी बहिनी हक़ अधिकार, मुक्ति र परिबर्तन अखिल भारत नेपाली एकता मंचले गर्न सक्छ र महिला दलित जनजाती को संगठन एकता मंच हो भन्ने कुराको बिचार राख्दै नयाँ प्रबेश गर्ने महिलाहरुले मतब्य ब्यक्त गरेका थिए ! एकता मंचमा प्रवेश गर्नेहरु गुड़गाउका फैक्ट्री,हास्पिटल र कोठीमा काम गर्ने महिलाहरु रहेका छन् |
पार्टी प्रबेश गर्नेहरुमा महिला मात्र रहेका छन् भने पार्टी प्रबेस गरेको खुशियालीमा अखिल भारत नेपाली एकता मंच भारत को केन्द्रिय टीमले उनीहरुलाई फूलमाला अबीरले स्वागत गरेको थियो ! यो अभियान को सुरुवात हो यो अभियान भारत भरी हुने छ भन्ने कुरा अखिल भारत नेपाली एकता मंच भारतका केन्द्रिय सदस्य आर बी खड्काले मिडिया लाइ जानकारी गराएका हुन् ।