गोरखाको आरुआर्वाङ गाविस- १ का ६० वर्षीय लालबहादुर बरामको गएराति चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
स्थानीय शिक्षक टेकबहादुर भट्टका अनुसार अस्थायी टहरोमा सुतेका बरामको मृत्यु भएको हो । ओढ्ने, ओछ्याउने कपडाको अभावमा भूकम्प पीडितको काठ्ठिएर मृत्यु भएको उनले दाबी गरे ।
‘हिजो बेलुका खाना खाएर सञ्चै सुतेका लालबहादुर बिहान मृत भेटिए,’ उनले भने । बराम एक्लै अस्थायी टहरोमा बसेका थिए ।
जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे थाहा नभएको जनाएको छ । प्रहरी टोली बुझ्न खटाएको प्रहरी नायव उपरीक्षक बसन्त रजौरले बताए । कान्तिपुरमा समाचार छ ।