महानगरीय ट्राफिक प्रहरीले आजदेखि मोटरसाइकलमा तीन जना चढ्न प्रतिबन्ध गरेको छ।
भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थमा अभाव भएसँगै मोटरसाइकलमा तीन जना बस्न दिएको थियो। मोटरसाईकलमा तीनजना बसेसँगै दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले आइतबारदेखि पुनः प्रतिबन्द लगाएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।
यस्तै तिब्र गति, लेन अनुसान पालना नगर्ने र मोटर साइकल चलाउँदा हेलमेट नगाउनेलाई पनि कारबाही गर्न थालिएको उनले बताए। सेतोपाटीमा समाचार छ ।