महोत्तरीमा बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा पटेरवा-७ का १५ बर्षीय सहमद राईन छन् ।
उनको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरबाट पिकनिक मनाउन सिन्धुली जाने क्रममा मिथिला मन्टेश्वरी स्कुलको ना ४ ख ३५७९ नम्बरको बसबाट खसेर उनको मृत्यु भएको हो ।
बर्दिवास नगरपालिका ४ स्थित घुम्तीमा मोड्न खोज्दा ढोका नजिकै रहेका बिद्यार्थी सडकमा खसेका थिए । चालकसहित बस ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ । इमेजखबरमा समाचार छ ।