एडीबीद्धारा एसियाली मुलुकका लागि २०१५ मा हालसम्मकै उच्च २७ खर्ब रुपैयाँ बराबर सहयोग स्वीकृत

एसियाली विकास बैंक (एडीबी)ले एसियाली मुलुकका लागि २०१५ मा हालसम्मकै उच्च २७ खर्ब रुपैयाँ बराबर सहयोग स्वीकृत गरेको छ ।
बैंकको मनिलास्थित प्रमुख कार्यालयबाट जारी विज्ञप्तिअनुसार बैंकले एसियाली क्षेत्रको विकासका लागि यो वर्ष ऋण, अनुदान र प्राविधिकसमेत गरी कुल २७ अर्ब १५ करोड अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरेको जनाएको छ ।
यो गत वर्ष २०१४ को तुलनामा १९ प्रतिशत बराबरले बढी भएको एडीबीले उल्लेख गरेको छ । इमेजखबरमा समाचार छ ।