कन्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा ८ वर्षीया बालिकालाई बलात्कार

कन्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका-१ का प्रेम सुनार रहेका छन् । सुनारले बालिकालाई गत बुधबार बलात्कार गरेका थिए ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय दोधारामा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारले मादकपदार्थ सेवन गरी आफूले गल्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचारहरु