भद्रकुमारी घले सेवा सदनले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सदनले आफ्नो एघारौं वार्षिकोत्सवको अवसर पारेर आज राजधानीमा गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
निजामति सेवालाई सुधार गर्न सफल भएको भन्दै पूर्वसामान्य प्रशासन मन्त्री लालवावु पण्डितलाई सम्मान गरिएको छ । यसैगरी भूकम्प गएका बेला अहोरात्र खटिएर उद्धार कार्यमा उल्लेखनीय योगदान पु-याउने प्रहरी र सेनालाई पनि सम्मान गरिएको छ ।
सेवा सदनले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि उपस्थित हुन आमन्त्रण गरेको थियो । तर दुवै जना अनुपस्थित भएपछि कार्यक्रममा सहभागीहरुले दुःख व्यक्त गरेका थिए ।
कार्यक्रममा सदनकी अध्यक्ष भद्रकुमारी घलेले संस्थाले हालसम्म गरेको विभिन्न सामाजिक कामबारे जानकारी गराएकी थिइन । इमेजखबरमा समाचार छ ।