बाबु रोका मगर/ अर्जुन खनाल
दिल्ली । धेरै नेताहरु प्राय पत्रकारिता बाट नेता बनेका हुन्छन तर यहा त्यसको बिपरित नेता बाट पत्रकार गर्दै पत्रकार पोख्रेल भारतको राजधानी दिल्ली स्थित कांग्रेस युवा नेता गगन थापा प्रमुख अतिथि रहेको एक कार्यक्रममा पत्रकार गोबिन्द पोख्रेलले नेपाली काङ्ग्रेसबाट राजीनामा दिएर स- सम्मान स्वीकृत गरिएको छ।
बिधार्थी कालदेखी नै नेपाली काङ्ग्रेसमा आफ्नो जीवन योगदान दिएका पत्रकार गोबिन्द पोख्रेलले गगन थापा आईतवार दिल्लिमा आफ्ना कर्याकर्तालाई प्रशिक्षण दिन आएका थिए। नेपालको पहाडी जिल्ला अर्घाखाँचीको ढिकुराका गोबिन्द पोख्रेल होमनाथ पोख्रेल र स्व. दिपकला पोख्रेलका जेठा छोरा हुन । तत्कालिन गाउकै शारदा निमाविमा कक्षा ७ पास गरेर हाईस्कुल पढ्न २ घण्टाको पैदल बाटो हिडेर सदरमुकाम सन्धिखर्क बजारमा रहेका जन ज्योति माविबाट एसएलसि गरेको उनले वताए । लगभग १३ बर्षकै उमेरमा उनी नेविसंघ विधालय प्रारम्भिक समितिमा सहभागी भएका पोख्रेल कुन बाटो अपनाउने पत्तै थिएन, उनी भन्छन मलाई विधार्थी राजनितिका लागी अनेरास्ववियू पाचौ र छैठौले आग्रह गरीसकेपछि नेविसंघका साथीहरु सदस्यता लिएर आएका हुन ।
बि.संवत २०५० पछी तरुण दलमा सहभागी भएको पांच बर्ष पछि २०५५ तिर विशेष परिस्थितीले गाउमा बस्ने अवस्था नरहेपछी उनी श्रीमती सहित भारत छिरे । भारत आएका पोख्रेल यहाँ पनी राजनितिमा सक्रिय नै रही अगाडी बढे । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समितिमा आफुले चिनेका साथीहरुको मातहतमा भर्खरै भारतमा मौलाउदै गरेको नेविसंघ विदेश क्षेत्र भारतको उनी दुई अवधि उप-सभापती रहेर काम गरेपछी विधिवत रुपमा उनी नेपाली जन सम्पर्क समितिको क्षेत्रीय समितीमा पहिलो पटक साँस्कृतिक सचिव भए भने पछी संगठन सचिव र दुई अवधि क्षेत्रीय महासचिव भएर संगठनात्मक परिधीभित्रको महत्वपूर्ण भुमिका निर्वाह गरे ।

पोखेरल लाइ पत्राकारिताको मोह, नेपालका केही पत्रकारहरुको भारतमा देखिएको गतिविधी देख्दा अलिअलि चाख लाग्न थालेको बताउछन । पत्रकारिता आफैमा एक स्वतन्त्र भएको हुदा बिदेशी भूमिमा लुकाएका लुकिएका तिता मिठा घटना हरुलाई जनमास सम्म पुर्याउने इच्छा जागेको बताउदै यस्तो भने प्रदेशको बिरानो ठाउमा पत्रकारिताका लागी मेरो गुरु नै भन्छु आदरणीय डा. उद्धव प्याकुरेललाई मलाई जेएनयुको गंगा ढावा अगाडी बसेर समाचार कसरी लेख्ने भन्ने जानकारी गराउनु भएको मलाई अहिले पनी सपनामा आएर सिकाईरहेको भान हुन्छ ।
यसका लागी नेजसका हाम्रै पालाका क्षेत्रिय कोषाध्यक्ष आदरणीय दाजु प्रमोद खरेलको सल्लाह र सहयोगप्रति पनी आभार ब्यक्त गर्न चाहान्छु । रासस अंग्रेजी डेस्कका कृष्ण सापकोटाले काठमाडौंबाटै पत्रकारीता एम. ए. मा पढिने किताबहरु र पत्रकारिता कानुनको किताब बोकेर ल्याईदिनुपनी मलाई पत्रकारीताका लागी थप उर्जा थियो । भर्खरै देशान्तर साप्ताहिकमा जोडिएको मात्र थिए । ऐक्यबद्धता मासिकका संचालक निलकण्ठ तिवारीको दिल्ली आगमन र ऐक्यबद्धता मासिकमा चिफ रिपोर्टर भारत मेरा लागी सौभाग्य सहितको प्रेरणा बनेर अगाडी बढाउनका लागी मद्दगार बनेकै थियो भन्दै पोखे्रलले भने पछी म नेपाल एक्सप्रेस साप्ताहीकका लागी काम गर्न थाले । लोकेश शाहको सम्पादनमा दिल्ली एनसिआर, देहरादुन र हिमाचलमा चलेको साप्ताहीक पछि नाम परिवर्तन सहित नेपाल दर्शनको रुपमा चलायौ ।
अहिले नेपाल आवाजको नाममा छ । नेपाल आवाजमा काम गर्दै गर्दा धेरै सिक्ने मौका पाए । भारतमा नेपाल पत्रकार महासंघको शाखा खोल्न सकियो र म सचिव एवं प्रवक्ता बन्ने मौका पाए भन्दै उनले बडो गम्भिर हुदै भने अरु पत्रकारीता पछी वा छोडेर राजनितीमा आउछन तर म भने राजनिति छोडेर पत्रकारीतामा लागे । करिब दुई महिना अघि नेजसको साधारण सदस्यता समेत नरहने गरी राजिनामा लेखेका थिए । गत आइतवार युवा नेता माननीय सांसद थापा द्दारा दिइएको नेजसकै कार्यकर्ता प्रशिक्षण शिविरमा स-सम्मान स्वीकृत गरिएको छ |