हमालय ट्राभल्सको दोस्रो प्रस्तुती स्वरुप आबुधाबीमा सोनाम ल्होछार कार्यक्रम हुने

उमाकान्त गाउंले/अर्घाखाँची डट्कम् । संयुत्त अरव एमिरेट्स युएईमा सोनाम ल्होछार बिशेष सास्कृतिक गरेर मनाइने भएको छ । आबुधाबीमा नेपालीको लगानीमा रहेको हमालय वल्ड ट्राभल्स एलएलसीको दोस्रो प्रस्तुती स्वरुप २८ सय ५२ औं सोनाम लोछारको आयोजना गरिएको हो । कार्यक्रमलाई नेपालीकै लगानीमा रहेको हिमालयन रेस्टुरेन्ट मुसाफाले समेत प्रायोजन गरेको छ । 
आगामी फ्रेवुवरी ५ शुक्रबार आबुधाबीको मुख्य बसपार्क नजिकै फोल्क्लोरे एण्ड थ्रेटरमा  हुने कार्यक्रममा नेपाल बाट चर्चित कलाकार समेत आउनु हुने भएको छ । कार्यक्रममा नेपाल बाट नायिका गंगा लामा (निशा) र धिन्डुप ग्याल्बो घले (सुमन) आउनु हुने भएको छ । साथै कार्यक्रममा स्थानिय कलाकारको समेत प्रस्तुती रहने कार्यक्रम सम्योजक सोनाम दोर्जे लामाले जानकारी दिनुभयो । कार्यक्रमका लागि आबुधावीमा  सुरेन्द्र थिङ तामाङ भिम घिसिङ लगायत सकृय भएर लाग्नु भएको छ । नेपालमा रहेका आँखा नदेख्ने बालबालिकाको सहयोगार्थ आयोजना गरिएको  कार्यक्रमलाई सफल बनाउन आफ्नो ट्राभलले मुख्य प्रायोजन गरेको हमालय वल्ड ट्राभल्सका संचालक सविन खड्काले जानकारी दिनुभयो ।   
ल्होछार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ्ग, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँने गर्छन् । ल्हो अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने भएकाले ल्होछारलाई सो समुदायले नयाँबर्षको रुपमा मनाउने चलन छ ।
कार्यक्रमलाई सफल बनाउन विशेष सहयोगीहरुको रुपमा माया लोप्चन(साइप्रस),सुरेन्द्र थिङ तामाङ(दुबई),टुल्कु दोर्जे लामा(दुबई),तस लामा (दुबई),दावा लामा(अबुधावी),अस्मि तामाङ(अबुधावी),असारजीत राई(अबुधावी),सोक्किङ बिक्की (अबुधावी), र राज वाईवा(दुबई),मनोज न्यौपाने(अबुधावी),सिमरन तामाङ(अबुधावी), भिम घले(अबुधावी),सानु तामाङ(अबुधावी)ले गरिरहनु भएको छ ।