बुधबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से ७ अंक बढीले उकालो लागेर ११ सय ८० मा पुग्यो ।
कारोबार भएका अधिकांशजसो समूहमा सुधार आएसँगै नेप्सेमा बृद्धि आएको हो । वाणिज्य बैंक र वित्त समूह नगन्य अंकले रातो रहेका हुन् भने अरु हरियो रहे ।
जलविद्युत् समूहमा सबैभन्दा उच्च १ सय १८ अंकको बृद्धि आयो । बीमा समूह पनि ८५ अंकले उकालो लाग्यो । होटल समूह ४६ अंकले बढ्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको १३ लाख ८७ हजार कित्ता शेयर ५१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।