शेयर बजारमा सुधार जारी, नेप्सेमा उल्लेख्य बृद्धि

साताको अन्तिम दिन विहीबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।
बजार परिसूचक नेप्से ९ अंक बढीले उकालो लागेर ११ सय ९० पुग्यो । वाणिज्य बैंक समूहमा दोहोरो अंकको सुधार आएसँगै नेप्सेमा उल्लेख्य बृद्धि भएको हो ।
यसदिन वाणिज्य बैंक समूह १८ अंकले उक्लियो । विकास बैंक, वित्त र व्यापार समूह पनि हरियो रहे । अरु समूह भने ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च २६ अंकको गिरावट आयो ।
जलविद्युत् समूह पनि २३ अंकले ओरालो लाग्यो । अन्य समूह ११ अंकले झर्‍यो भने होटल र उत्पादनमूलक समूह पनि रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको १२ लाख २३ हजार कित्ता शेयर ५७ करोड ९ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – इमेजखबरमा समाचार छ ।