दिल्लीमा गगन थापाको हातबाट सम्मान पत्र पत्रकार अधिकारी फेरी सम्मानीत भए

बाबु रोका मगर
सिए सरोकारका दिल्ली ब्युरो प्रमुख समेत रहेका पत्रकार ऋषि राम अधिकारी एक पटक फेरी सम्मानीत भएका छन् । सिए नेपाल विधार्थी संघ भारतको दोस्रो अधिवेशनमा सिए सरोकार सम्बद्ध पत्रकारीतामा उत्कृष्ट पत्रकार स्वरुप सम्मान प्राप्त गरेका हुन । नेपाली राजनितिको प्रखर बक्ता नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय सांसद गगन थापाको हातबाट सम्मान स्वरुप सिए नेविसंघले दिएको प्रमाण-पत्र हासिल गरेकाले थप हौसला पाएको जिकीर गर्दै उनले भने, हेर्नोस हामीलाई यसरी बेला बखत दिने गरेका सम्मान प्रमाण पत्रहरुले पत्रकारिता गर्न थप उर्जा मिल्ने नै गर्छ । नयाँ दिल्ली स्थित सिए नेविसंघले आयोजना गरेको भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । विशेषगरी दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीसंग सम्बन्धित समाचारहरु सम्प्रेषण गरेकोमा उनलाई भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीहरुको संगठन सिए नेपाल विद्यार्थी संघले सम्मान गरेको हो । यसरी पटक-पटक पाईरहने सम्मानबाट आफुलाई अझ जिम्मेवार बन्न प्रोत्शाहन मिलेको अधिकारी बताउँछन् । सिए सम्बन्धि साढ़े ३ बर्षे पत्रकारिताका क्रममा उनलाई प्रदान गरिएको यो दोस्रो सम्मान हो ।
प्रेम प्रसाद अधिकारी र बाल कुमारी अधिकारीका कान्छा सुपुत्र ऋषि राम अधिकारीले दिल्लीको लक्ष्मीनगरमा भएको कार्यक्रमको  समाचार संकलन गरी पत्रकारिताको सुरुवात गरेका थिए । त्यसपछी निरन्तर रुपमा सिए सरोकार डट कम, सिए सरोकार टेलिभिजन कार्यक्रम र सिए सरोकार रेडियो कार्यक्रममा समेत उनी कार्यरत छन् । दुई दिदी र एक दाजुका कान्छा भाई अधिकारीले पत्रकारिताको लगभग साढ़े ३ बर्षे अनुभव बटुलीसकेका छन भने उनी नेपालको लोकप्रिय समाचार नेटवर्क सिए सरोकारका दिल्ली प्रतिनिधि हुन् । सिए फाइनलमा अध्ययन गरिरहेका ऋषि राम अधिकारी बहुप्रतिभाका धनी छन् । पत्रकारिता बाहेक उनी गायन क्षेत्रमा समेत आबद्ध छन् ।
अधिकारीलाई सम्मान गर्न पाउदा हामी एकदम खुशी छौ र यहाँका गतिबिधिलाई सिए सरोकार मार्फ़त सबै सिए विद्यार्थी र नेपाल सम्म यहाँ भैरहने कार्यक्रमहरुको समाचार निरन्तर रूपमा सम्प्रेषण गरेकोमा बधाई दिन चाहन्छौ, सिए नेविसंघ भारतका नवनिर्वाचित सभापति गिरु न्यौपानेले भने ।
उनको ‘सधै भरी’ सिर्शकको गीत बजारमा आइसकेको छ भने दिल्लीमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनले आफ्नो गीत प्रस्तुत गर्ने गरेका छन् ।