बुधबार शेयर बजार नगन्य अंकले ऋणात्मक रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नगन्य अंकले रातो रही १२ सय १३ दशमलव पाँच सात कायम भएर थामियो ।
बीमा, होटल र वित्त समूह रातो रहेसँगै अरु कारोबार भएका समूह हरियो रहँदा पनि नेप्से ऋणात्मक रहन गएको हो ।
बीमा समूहमा सबैभन्दा उच्च ३४ अंकको कमी आयो । होटल समूह ९ अंकले झर्यो । विकास बैंक, जलविद्युत्, अन्य र वाणिज्य बैंक समूह सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्स्चेन्जमा ९० कम्पनीको ६ लाख ६५ हजार बराबर कित्ता शेयर ४४ करोड ६१ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसैबीच, धितोपत्र बोर्डले स्टक मार्केट पूर्णस्वचालित आधुनिकीकरणको युगमा प्रवेश गरेको जनाएको छ ।
बोर्डले विज्ञप्ति जारी गरी माघ ३ गतेबाट दोस्रो बजार पूर्णस्वचालित विद्युतीय सेवा सफलतापूर्वक सन्चालन भएको जनाएको छ ।
हालसम्म नेप्सेमाा सक्रिय कारोबार हुने सूचीकृत कम्पनीमध्ये १ सय ७२ कम्पनी अर्थात् ९९ दशमलव नौ आठ प्रतिशत कम्पनी अभातिकरण भैसकेको पनि बोर्डले जनाएको छ । इमेजखबरमा समाचार छ ।