ललितपुर मलमा मोबाइल एक्सपो सुरु, पूर्वयुवराज पारस शाहद्वारा उद्घाटन

ललितपुर मलमा मोबाइल एक्सपो सुरु भएको छ ।
‘छुटैछुट र उपहारै उपहारको मोबाइल एक्सपो’ नारासहित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको मेलाको शुक्रबार पूर्वयुवराज पारस शाहले उद्घाटन गरे ।
४० भन्दा बढी मोबाइल पसल रहेको मलमा नेपालमा पाइने सबैजसो ब्रान्डका उत्पादन रहेका छन् । मेला १६ गतेसम्म चल्नेछ । – इमेजखबरमा समाचार छ ।