उमाकान्त गाउंले/अर्घाखाँची डट्कम् आबुधाबीमा हुने सोनाम ल्होछार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । बिशेष सास्कृतिक गरेर संयुत्त अरव एमिरेट्स युएईको आबुधाबीमा मनाउन लागिएको सोनाम ल्होछारको तयारी अन्तिम चरणमा पुगेको हो । ‘भाषा,धर्म,कला,सस्कृति र भेषभुषा हरेक जातजातिको पहिचान हो,आफ्नो पहिचानको संरक्षण गराै प्रबर्द्धन गरौ’भन्ने नाराका साथ उक्त सोनाम ल्होछार मनाउन लागिएको हो । आबुधाबीमा नेपालीको लगानीमा रहेको हमालय वल्ड ट्राभल्स एलएलसीको दोस्रो प्रस्तुती स्वरुप २८ सय ५२ औं सोनाम लोछारको आयोजना गरिएको हो । कार्यक्रमलाई नेपालीकै लगानीमा रहेको हिमालयन रेस्टुरेन्ट मुसाफाले समेत प्रायोजन गरेको छ ।
आगामी फ्रेवुवरी ५ शुक्रबार आबुधाबीको मुख्य बसपार्क नजिकै फोल्क्लोरे एण्ड थ्रेटरमा हुने कार्यक्रममा नेपाल बाट चर्चित कलाकार समेत आउनु हुने भएको छ । कार्यक्रममा नेपाल बाट नायिका गंगा लामा (निशा),धिन्डुप ग्याल्बो घले (सुमनसुमन घले) , लोक दोहोरि गायक रामजी खाँण , गायिका देविका के.सी आउनु हुने भएको छ । साथै कार्यक्रममा स्थानिय कलाकारको समेत प्रस्तुती रहने कार्यक्रम सम्योजक सोनाम दोर्जे लामाले जानकारी दिनुभयो ।
ल्होछार कार्यक्रम तामाङले मात्र नभई अन्य जातीहरुले मात्र नभएर सबैकालागी भन्दै लोकक्षेत्रका चर्चित कलाकारहरुलाई पनि उपस्थित गराइएको हो । कार्यक्रमका लागि सोनाम दोर्जे लामा, सविन खड्का,भिम घिसिङ,सुरेन्द्र थिङ तामाङ,सागर क्षत्री यश राज थुजेछेको टोलीले सम्योजन गरिरहेको छ ।
नेपालमा रहेका आँखा नदेख्ने बालबालिकाको सहयोगार्थ आयोजना गरिएको कार्यक्रमलाई सफल बनाउन आफ्नो ट्राभलले मुख्य प्रायोजन गरेको हमालय वल्ड ट्राभल्सका संचालक सविन खड्काले जानकारी दिनुभयो ।
ल्होछार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ्ग, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँने गर्छन् । ल्हो अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने भएकाले ल्होछारलाई सो समुदायले नयाँबर्षको रुपमा मनाउने चलन छ ।
कार्यक्रमलाई सफल बनाउन अवुधावीमा मात्रै नभै साइप्रसमा बस्ने नुवाकोटकी माया लोप्चनले समेत सहयोग गर्नुभएको आयोजकले जनाएको छ । विशेष सहयोगीहरुको रुपमा सुरेन्द्र थिङ तामाङ(दुबई),टुल्कु दोर्जे लामा(दुबई),तस लामा (दुबई),दावा लामा(अबुधावी),अस्मि तामाङ(अबुधावी),असारजीत राई(अबुधावी),सोक्किङ बिक्की (अबुधावी), र राज वाईवा(दुबई),मनोज न्यौपाने(अबुधावी),सिमरन तामाङ(अबुधावी), भिम घले(अबुधावी),सानु तामाङ(अबुधावी)ले गरिरहनु भएको छ ।
कार्यक्रमलाई सफल बनाउन अस्मि तामाङ , सोक्किङ विक्की , सुरेन्द्र थिङ तामाङ ,दावा लामा, असार्जित राई ,टुल्कु दोर्जे लामा र तस लामा तामाङ हुनुहुन्छ भने सहयोगीहरु भिम घले, सिमरन तामाङ ,सानु तामाङ ,मनोज न्यौपाने , राज वाइबा र मीन राना मगर लगायतले बिशेष सहयोग गर्दै आउनु भएको छ ।