हरियाणा गुडगावमा गमालका आरोपी वकिल अझै सम्म फरार


हरि रोका मगर /नन्दु घिमिरे 
गुडगाव, हरियाणा । एक हप्ता पहिले हरियाणा गुडगावमा गमला फुटाएर पिटाइ खाए पछि आत्मा हत्या गरेका केशब गमाल का मुख्य आरोपी वकिल मुकेश खेर अहिले सम्म फरार रहेका छन् | केशबको मृत्यु पछि भारतमा भएका नेपाली संघ संस्था द्दारा वोकिल खेर माथि घटनाको घोर निन्दा गर्दै मुवाजा अनि कारवाहीको लागि हरियाणा पुलिस र नेपाली राजदुतावास लाइ दवाव दिएको छ । 
घटना को समाचार भारतीय मिडिया अनि नेपाली मिडियाहरुमा चर्चा चल्न थालेपछि  घटना भएको चार दिन पछि वकिल का तिन छोराहरुले भेट्न खोजेको जानकारी मृतक केशबका छिमेकी बिष्णु कुवरले नेपाली जनसम्पर्क समिति गुडगावका अध्यक्ष मणिराम पाण्डे र नेपाली देशभक्त युवा समाज दिल्ली एन सी आर का बाबु रोका मगर लाइ जानकारी गराए उक्त जानकारी पछि गत बिहिबार वकिल का छोराहरु संग छलफल गर्दा उनीहरुले पैसामा काम रफादफा गर्ने कुरा राखे  उक्त शर्त उपयुक्त नभएको कारण संस्थाका पदाधिकारीहरुले उनीहरुको शर्तमा असहमति जनाएका छन् । 
मृतक केशबको परिवार लाइ जे जसरि हुन्छ उपयुक्त मुवाजा र दोषीलाई कारवाही गराउनको लागि बाबु रोका मगर,मणिराम पाण्डे बिष्णु कुवर हरि रोका, राजु न्युपाने लगायत अन्य नेपालीहरु को एकतामा आरोपी वकिल लाइ कानुनि कठघरामा उभ्याउन डटी रहेका छन् | दोषीलाई कारवाही र पिडितलाई क्षेतीपूर्ति छिट्टै नै गराउनको लागि हरियाणा पुलिस र नेपाली राजदुतावासले पनि साथ दिएको छ ।