बुधबार पनि शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से करिब डेढ अंकले ऋणात्मक रही १२ सय १६ दशमलव नौ छ कायम भएर थामियो । कारोबार भएका मध्ये बढिजसो समूह रातो रहेसँगै नेप्से रातो रहन गएको हो ।
यसदिन जलविद्युत्, बीमा, अन्य र वाणिज्य बैंक समूह ओरालो लागे । जलविद्युत् समूह सबैभन्दा उच्च ८ अंकले झर्यो भने बीमा समूहमा ७ अंकको गिरावट आयो ।
होटल, विकास बैंक र वित्त समूह भने हरियो रहे । होटल समूहमा सबैभन्दा उच्च २१ अंकको बृद्धि आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय कम्पनीको ६ लाख २४ हजार कित्ता शेयर ३६ करोड ४६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – इमेजखबरमा समाचार छ ।