बाबु रोका मगर
दिल्ली । २६ जनवरी भारतीय गणतन्त्र दिवसको अबसरमा श्री साइकृपा चेरिटेबल ट्रस्टको आयोजनामा गरिएको नेपाली सांकृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली राष्ट्रिय कलाकार पुष्कल शर्मा र देवी घर्तीले आफ्नो कलाको बेजोड प्रस्तुति दिएर उपस्थित नेपाली दर्शकहरुलाई भरिपूर्ण मनोरंजन दिन सफल रहे यस्तै धुर्व राना, पदम क्षेत्री, निरज केसी सुबोध पोख्रेल ले पनि मायाप्रिती अनि पन्चेवाजाको गित गाएर मनोरंजन दिएका थिए |
प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित सामाजिक परोपकारी काममा पनि आफुहरुलाई निरन्तरता दिएको र प्रवासमा कुनै पनि नेपालीलाइ परिआएको खण्डमा सहयोगी हात उठाउने ट्रष्ट का अध्यक्ष बिष्णु केसी र संस्थापक सुरेन्द्र पाण्डेले मिडियालाई बताएका छन् ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्था का पदाधिकारीहरु लगायत मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन गोबिन्द पोख्रेल र पुजा शाहले गरेका ।