शेयर बजार परिसूचक नेप्से ऋणात्मक

साताको अन्तिम दिन विहीबार पनि शेयर बजार परिसूचक नेप्से ऋणात्मक रहन गयो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से १ अंक बराबरले ऋणात्मक रही १२ सय १६ दशमलव एक एक कायम भएर थामियो ।
बीमा, वाणिज्य बैंक र होटल समूह ऋणात्मक रहेसँगै अरु समूह हरियो रहँदा पनि नेप्से ऋणात्मक रहेको हो ।
बीमा समूहमा सबैभन्दा उच्च १३ अंकले झर्‍यो । वाणिज्य बैंक र होटल समूह ३/३ अंकले ओरालो लागेका हुन् । उत्पादनमूलक समूहमा ५१ अंकको उच्च बृद्धि आयो । अन्य र जलविद्युत् समह ५/५ अंकजसोले उकालो लागे भने अरु समूह सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय कम्पनीको ५ लाख ६८ हजार कित्ता शेयर ३९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ।