नुवाकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या ९

नुवाकोटको मदानपुर गाविसमा शनिबार भएको माइक्रोबस दुर्घटना मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
काठमाडौंबाट त्रिशुली आउँदै गरेको बा१ज ७५८३ नम्बरको माइक्रोबस सडकबाट करिब तीन सय मिटर तल भीरमा खसेर दुर्घटना भएको हो ।
८ जनाको घटनास्थलमै र एकजनाको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी निरीक्षक जिपेन्द्र बस्नेतले जानकारी दिए ।
मृत्यु हुनेमा चारजना महिला र पाँचजना पुरुष रहेका छन् ।
मृतकहरुमा माइक्रोचालक नुवाकोटको बेल्कोट गाविस-३ का दामोदर कँडेल, मैथली ब्यारेकमा तालिमरत् सैन्य लक्ष्मी श्रेष्ठ, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईकोमात्र सनाखत भएको छ ।
शनिबार दिउँसो १ बजेतिर मदानपुरको केउरिनी भीरमा भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
घाइतेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । – इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु