तीन सातादेखि विद्युत् आपूर्ति ठप्प हुँदा ताप्लेजुङको जनजीवन कस्टकर

 तीन सातादेखि विद्युत् आपूर्ति ठप्प हुँदा ताप्लेजुङको जनजीवन कस्टकर बनेको छ ।
कलकारखाना, उद्योगधन्दा बन्द भएका छन् भने अस्पताल र सरकारी कार्यालयको काम पनि प्रभावित बनेको छ ।
सदरमुकाममा विद्युत् प्रवाह गर्दै आएको हाङ्पाङ गाउँ विकास समितिमा रहेको सोबुवा खोला साना जलविद्युत् आयोजनाको कुलो मर्मत गर्न माघ ५ गतेबाट विद्युत् उत्पादन रोकिएको हो ।
सोबुवा खोलाको विद्युत् बन्द हुँदा अत्यावश्यकीय सेवा र सुरक्षा निकायका लागि दैनिक केही घन्टा विद्युत् प्रवाह गर्दै आएको चिमाल जलविद्युत् आयोजनाको पनि कुलो मर्मत गर्न शुक्रबारदेखि विद्युत् उत्पादन बन्द गर्दा ताप्लेजुङमा विद्युत् संकट थप चुलिएको हो ।
विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाममा सन्चालित तीनओटा रेडियो स्टेसनले प्रशारण अवधि घटाउँदै जेनेरेटरको भरमा रेडियो सन्चालन गरिरहेका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु