काठमाडौं कुकुरले खाइरहेको अवस्थामा एक शिशुको शव फेला

काठमाडौं स्थित  ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको करिब एक सयमिटर दूरीभित्र मूल सडक किनारमा करिब ६ महिनाको शिशुको शव फेला परेको छ। 
 
सडकमा थुपारी राखेको रोडामाथि कुकुरले खाइरहेको अवस्थामा एक शिशुको शव फेला परेपछि  शनिवार अपराह्न स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 
 
कुकुरले शिशुको पेटभन्दा तलको भाग र दुवै खुट्टा खाइसकेको अवस्थामा फेला परेकाले शिशु छोरा हो या छोरी के हो छुट्याउन नसकिएको प्रहरीले बताएको छ। 
 
मसिनो कपाल उमे्रको टाउको, शरीरको माथिल्लो भाग र दुवै हात भने सग्लै भेटिएको शिशुको शवका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 

अन्य समाचारहरु