नवलपरासीमा अमेरिकी डलरसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक

जिल्ला प्रहरी कार्यालय नवलपरासीले अमेरिकी डलरसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामा धादिङ सुनौला बजार-७ का सुरेश कोइराला र उदयपुर, गाईघाट नगरपालिका-४ का अशोक परियार छन् ।
बर्दघाट नगरपालिकाको बर्दघाट बजारबाट उनीहरुलाई २ सय ७९ थान डलरसहित प्रहरीले हिजो पक्राउ गरेको थियो । सार्वजनिक बसबाट बुटवल जाँदै गर्दा प्रहरीले उनीहरुलाई पक्रेको हो ।
उनीहरुले डलर साईजमा काटिएका सेता कागजमाथि पैसा राखेर विभिन्न व्यक्तिलाई ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरुले काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न व्यक्तिलाई ठगी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।   इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु