“कालो वादल निलो आकाशमा – गयौ वावु रमाउदै जहाज़ फर्कियौ वाकसमा”

सउदी अरव । वैदेशिक रोज़गारको क्रममा विगत पाँच वर्षदेखी सउदीमा कार्यरत रहदै आएका एक नेपाली युवकको निधन भएको छ । 
नेपालमा स्थाई घर गोरखा जिल्ला भएका घनेश्याम मगरको गएराती आकस्मिक रुपमा मृत्यु भएको छ । सउदी पुगेको पाँच वर्षमा उनी दुई पटक विदामा आई सकेका थिए भने आगामी अप्रैल महिनामा नेपाल तेस्रो छुट्टी मनाउन आउनको लागी अन्तिम तयारीमा जुट्दै गरेका मगरले आवस्यक सामान ख़रीद सम्म गरी सकेका थिए तर हुने हार दैव नटार भने झै आकस्मिक रुपमा आएको कालले जीवित नेपाल फर्कने सपना वाकसमा वदलिएको छ । 
उनी साँझ ड्युटी गरी कोठामा आई कोठा वाहिर साथीहरुसँग भेट्घाट गर्न समेत गई राती १० वजे आफ्नो कोठामा फिर्ता भई खाना खाई सुतेका थिए । विस्तारामा पुगेको पौने घण्टा पछी एक्कासी आवाज आएपछी साथीहरुले लाईट वाली हेरी के भयो भनेर सोधेको अवस्थामा जवाफ आउन नभ्याउदै मृत्यु भएको साथीहरुले वताएका छन । 
मृत्युको वास्तविक कारण पत्ता नलागेको अवस्था छ भने अहिले शव पोस्टमार्टमको लागी राखिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछी मात्र अगाडीको प्रक्रिया सुरु गरिने उनी कार्यरत कम्पनीले जनाएको छ । 

– तस्वीर: जनक पाण्डे/पिएसएम सउदी अरव व्युरो