महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अन्र्तगत कावासोतीको खरकट्टा जंगलमा आज तीनवटा बस आपसमा जुध्दा १६ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय कावासोतीले दिएको जानकारीअनुसार नारायणगढबाट डण्डा आउँदै गरेको ना. २ ख ७९०८ नम्बरको लोकल बस, नारायणगढ बुटवल चल्ने ना. ५ ख ५००६ नम्बरको बस र अर्किड कलेज भरतपुरको ना. १ ख ४८०० नम्बरको बस एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएकाहरु मध्ये चारजनालाई उपचारका लागि भरतपुरतर्फ पठाईएको छ भने चारजनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको छ । कान्तिपुरमा समाचार छ ।