दिल्ली स्थित नेपाली राजदुतावासमा प्रधानमन्त्रि वलीको भब्य स्वागत

बाबु रोका मगर 
दिल्ली – भारतको पांच दिने भ्रमणमा आउनु भएका नया संबिधान पछिको नयाप्रधान मन्त्रि केपी शर्मा वली लाइ  दिल्लीको  इन्टरनेशनल एयरपोर्ट बाहिर केहि मधेसी समर्थकहरुले कालो झण्डा देखाएर बिरोध प्रदशर्न गरेका थिए भने नेपाली राजदुतावासमा भारतीय सुरक्षाबलको कडा सुरक्षाको साथमा सयौ जनमानसको बिच भब्य स्वागत गरिएको थियो | 
उक्त स्वागत कार्यक्रममा विभिन्न राजदुतावासका एम्बेसडरहरु लगायत भारका जनबर्गीय नेता उद्योगपतिहरुको उपस्थिति रहेको थियो स्वागत कार्यक्रम पन्चेबाजा सहित उपस्थित आगन्तुक पाहुनाहरुले फूलका माला,ढाकाटोपी,गुलदस्ता आदि ले स्वागत गर्ने काम भएको थियो भने माहोल कुनै बिवाह पार्टी जस्तै बनेको थियो |
सो स्वागत कार्यक्रममा नेपाली राजदुतावासले खास ब्याक्तिहरुलाई मात्र निमन्त्रणा गरेको थियो | 
प्रधान मन्त्रि केपी वली आज भारतका प्रधान मन्त्रि नरेन्द्र मोदी संग भेटघाट हुने कार्यक्रम रहेको छ भने भोलि आइतबारको दिन जनबर्गीय प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ |