कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा शौचालय नबनाउने नगरबासीलाई सेवा सुविधा रोक्का गर्ने निर्णय

 कञ्चनपुरको भीमदत्त नगरपालिकाले शौचालय नबनाउने नगरबासीलाई सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको छ ।
कञ्चनपुरलाई चैत मसान्तसम्म खुला दिशामुक्त घोषणा गर्ने लक्ष्यअनुरुप शौचालय निर्माण नगरेका नगरबासीलाई सेवा रोक्का गर्न लागिएको हो ।
नगर परिषद्को निर्णय अनुसार फागुन १५ गतेसम्म शौचालय निर्माणका लागि समय दिइएको र १६ गतेदेखि शौचालय नबनाएका परिवारलाई नगरपालिकाले प्रदान गर्ने जुनसुकै प्रकारका सेवासुविधा रोक्का गरिने भीमदत्त नगरपालिका कार्यालयका प्रसाशकीय अधिकृत हरिसिंह धामीले जानकारी दिए ।
नगरपालिका क्षेत्रभित्र सुकुम्बासी बस्ती रहेकाले शौचालय निर्माणका लागि थप चुनौती थपिएको र त्यस्ता बस्ती रहेका स्थान तथा अति विपन्न परिवारका लागि सार्वजनिक शौचालय निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
२५ हजार घरधुरी रहेको भीमदत्त नगरपालिका क्षेत्रमा करिव ३७ सय घरधुरीले शौचालय बनाएका छैनन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु