पाँचथको स्यारुम्बा वनमा लागेको आगो निभाउनेक्रममा एक जनाको जलेर मृत्यु

पाँचथको स्यारुम्बा-८ का ७० वर्षीय हर्क सम्हाम्फेको वनमा लागेको आगो निभाउनेक्रममा जलेर मृत्यु भएको छ ।
खेतमा काम गर्न गएका सम्हाम्फेले झिक्रा डढाउनेक्रममा आगो अनियन्त्रित भएपछि निभाउनेक्रममा आगोमा परेको इलाका प्रहरी कार्यालय यासोकका प्रमुख मोतीवहादुर कटुवालले जानकारी दिए ।
आगलागीबाट वनमासमेत ठूलै क्षति पुगको र आगो अहिले नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । – इमेजखबरमा समाचार छ ।  

अन्य समाचारहरु