धादिङको थाक्रे गाविस-७ मा रहेको एभरेष्ट इँटा भट्टामा पोल्नको लागि तयार पारिएको इँटा खसेर लाग्दा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार बिहान खसेको चिम्नीले लागेर घाइते भएका दुइ जनाको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको धादिङमा डिएसपी सविन प्रधानले बताए ।
उनका अनुसार मृत्यु हुनेमा भट्टामा काम गर्ने नेपालगन्जका ६० वर्षीय जमिम कचगर र उनका ५ वर्षीय छोरा सलिम कचगर छन् । घाइते रोल्पा ताराबाङ-९ का ३५ वर्षीय सुरेन्द्र बुढा रहेका छन् । उनको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ । कान्तिपुरमा समाचार छ ।