बाबु रोका मगर
नेपालमा रोजगारीको अभावका कारण बिदेश पलायन हुने हजारौ मध्य दुइचार जना लाइ भने जस्तो नोकरी मिल्न सक्छ बाँकीको कुनै टुंगो हुदैन र पनि धन कमाउने प्रलोभनमा कयौ युवा युवतीहरुले सित्तैमा आफ्नो जीवन बर्वाद गर्नु परेको छ |
मानव तस्कर र चेलीबेटी बेचबिखनको राजधानी भारतको दिल्ली अहिले रातो बत्ति बनेको छ कोहि जानीजानी यो बाटो अपनाउछन भने कोहि अन्जानमा फसेका छन् यस्तै गत शुक्रवार नेपाली प्रवासी संघ भारत र नेपाली देशभक्त युवा समाज भारत को महत्वपूर्ण सहयोग को आधारमा चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुन:स्थापना गृह द्दारा दिल्लीको बसन्त कुञ्ज बाट ११जना युवतीहरुको उद्दार गरिएको छ |
दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ‘ट्रान्जिट’ भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मुख्य दुई एजेन्ट राजन अधिकारि र जीवन पुन पक्राउ परेका छन् । मानव तस्करीमा संग्लग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रबार वसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो ।
बर्दिया, बनियाभार घर भएका अम्बरबहादुर थापा र उनकी श्रीमती मञ्जु थारूलाई इराक लैजाने भनेर तीन महिनाअघि स्थानीय एजेन्टको सञ्जालले प्रक्रिया थालेको थियो । अम्बर बहादुर थापाकी श्रीमती लाइ दिल्ली श्रीलंका किवेत हुदै युद्द ग्रस्त क्षेत्र इराक पुर्याएको छ अम्बरले आफ्नी श्रीमती मंजुलाई सकुशल नेपाल फर्काउन को लागि सबै सरोकारवाला र संघ संस्था संग आग्रह गरेका छन् | पैसा कमाएर आफ्नो जीवन खुशी संग बिताउने सपना बोकेका अम्बर जस्ता कयौ नेपालीहरु मानव तस्करको चुंगलमा फसेका छन् |
दिल्ली स्थित नेपाली दूतावासले उद्धार गरिएका युवतीहरूसँग तस्करीका घटनाक्रमबारे बयान लिँदै घरफिर्तीका लागि आवश्यक कानुनी समन्वय गरेका थिए । युवतिलाई राखिएकै ठाउँमा उनीहरूको पासपोर्ट/नागरिकता सहितका सबै कागजात छुटेकाले दूतावासले उपलब्ध गराएको ‘ट्राभल डकुमेन्ट’ का आधारमा शान्ति पुन:स्थापना गृह संस्थाको रोहबरमा सबैलाई शनिबार अपराह्न गाडीको बाटोबाट कृष्णनगर हुँदै काठमाडौं लगिएको थियो ।
ति युवतीहरुलाई काठमाडौंमा पुर्याए पछि केन्द्रीय अनुसन्धान ब्युरोले उद्धारमा परेका युवतीले रोजेको वैदेशिक रोजगारीको असुरक्षित उपाय तथा गाउँसम्म फैलिएको एजेन्टको सञ्जालबारे अर्को चरणमा छानबिन गर्ने कुरा भएको छ ।